माछापुछ्रे –भ्याली पब्लिक बास्केटबल भोलिदेखि

कपन अनलाइन

काठमाडौं मङ्सिर ८।

भ्याली पब्लिक माविको आयोजनामा १५ औं माछापुछ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता पक्का भएको छ ।
जुनियर ब्वाइजको प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो । जुनियर खेलाडीलाई पनि अवसर दिने उद्देश्यले यो स्पर्धा थपिएको प्रतियोगिता संयोजक समेत रहेका भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले बताए ।
भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले माछापुच्छ«े बैंकलाई मुख्य प्रायोजकका रुपमा पाउँदा खुशी लागेको बताउदै खेलकुदको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । मंसिर १८ गतेसम्म हुने प्रतियोगिताका खेलहरु सुन्दरबस्तीको भंगालस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।