नेकपा एमाले काठमाण्डौनं ५ भन्छ , “राज्य संयन्त्रको दुरुपयोग गरेर बदनाम गरियो”
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३ ।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी मंसिर १ गते साँझ एक जना विरामीलाई भेट्न पुगेका काठमाण्डौ क्षेत्र नं ५ (२) का उम्मेदवार र जनप्रतिनिधिहरुलाई राज्य संयन्त्रको दुरुपयोग गरेर बदनाम गरिएकोमा घोर आपत्ति प्रकट गरेको छ।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले बिज्ञप्ति जारी गर्दै काठमाण्डौ क्षेत्र नं ५ (२ ) का उम्मेदवार दीपक निरौला र प्रदिप डंगोल लगायत छिमेकीमा रहेका विरामी भेट्न जाँदा प्रसासनको दुरुपयोग गरेर बदनाम गर्न खोजिएको बताएकी छन।
कुनै तथ्य र प्रमाण विना राजनीतिक चरित्र हत्या गर्ने र नेकपा एमालेको पक्षमा बनेको माहोल अन्तै मोड्ने दुस्प्रयास गरिएको बताउदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले सो घटनाको कुनै प्रमाण भए सप्रमाण आउन खुल्ला चुनौती समेत दिएको छ।
स्थिर समय चलिरहेको समयमा अस्वस्थ रहेका तोक्मान लामालाई भेटन पुगेका निरौला र डंगोलको राजनीतिक चरित्रहत्या गर्ने उदेस्यले गरिएको हुलहुज्जत र दुर्व्यवहार निन्दाजनक रहेको भन्दै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले पराजयको मानसिकताले योजनावद्ध रुपमा नियोजित घटना घटाईएको आरोप समेत लगाएको छ।
