काठमाण्डौ क्षेत्र नं ५ मा ४ महिला र २५ पुरुष उम्मेदवार,१५ राजनीतिक दल अरु स्वतन्त्र

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

काठमाण्डौ क्षेत्र नं ५ मा ७०,९१९ मतदाता रहेका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा ३७१२५ महिला मतदाता रहेका छन भने ३३,७९१ पुरुष र ३ अन्य मतदाता रहेका छन।
तिन स्थानीय तहका १५ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा २९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन। जसमा १५ राजनीतिक दल र १४ जना स्वतन्त्र रहेका छन।
३१ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेको काठमाण्डौ क्षेत्र नं ५ मा ७५.८६ प्रतिसत्  खस आर्य ,२०.६९ प्रतिसत आदिवासी जनजाती र ३.४५ प्रतिसत दलित मतदाता रहेका छन।
काठमाण्डौ क्षेत्र नं  ५ मा ४ महिला र २५ पुरुष उम्मेदवार रहेका छन।
काठमाण्डौ क्षेत्र नं ५ मा ७०,९१९ मतदाता,२९ जना उम्मेदवार
तपाइँको प्रतिक्रिया ।