३५ वर्षबढि क्षेत्रमा सक्रिय ईश्वर पोखरेललाई “टुरिस्ट” भन्ने कांग्रेसीजनले प्रदिप पौडेललाई के भन्ने हुन : उद्दव खरेल

कपन अनलाइन
काठमाडौं, मंसिर १।

नेकपा एमालेका बागमती प्रदेस कमिटी सदस्य उद्धव प्रसाद खरेलले ईश्वर पोखरेललाई “टुरिस्ट” भन्ने कांग्रेसीजनले प्रदिप पौडेललाई के भन्ने हुन? भनेर प्रश्न गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका खरेलले ३०/३५ बर्ष देखि यसै क्षेत्र मा बसोवास र कार्य क्षेत्र बनाउदै ,क्षेत्रका ७०% पुर्वाधार्का काम गर्ने,नागरिकका हरेक समस्या र सरोकारहरुमा संगै  सहकार्य गर्दै आएका पोखरेललाई  “टुरिस्ट” भन्ने कांग्रेसीजनले तनहु छोडेर भर्खर काठमाण्डौ क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रदिप पौडेललाई के भन्लान भन्दै सामाजिक संजालमा प्रश्न गरेका छन।

के काठमाण्डौ क्षेत्र नं ५ को नेतृत्व गर्न सक्ने कोहि पनि कांग्रेसी नेता छैनन ? र तनहुबाट उम्मेदवार आयात गरिएको हो भन्ने प्रश्न राख्दै क्षेत्र नं ४ संगै ५ को राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेता खरेलले   ईश्वर पोखरेल बाहेक अरु अरु सवै पाहुना र पर्यटक रहेको धारणा राखेका छन।

खरेलले सामाजिक संजालमा राखेको सामाग्री :   

 

तपाइँको प्रतिक्रिया ।