डा.राजन भट्टराईको गगन थापालाई कडा दनक : “१५ वर्ष निदाएर बस्ने अहिले २ वर्षको गफ दिने?”
कपन अनलाइन
काठमाडौँ, कात्तिक ३०।
काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापालाई कडा दनक दिएका छन।
कार्तिक ३० गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घरदैलो अभियानको सुरुवातमा बोल्दै डा. भट्टराईले १५ वर्ष सांसद हुँदा पाथिभराको बस्ति व्यवस्थापनमा एक शव्द बोल्न नसक्ने र केहि नगर्ने अनि अहिले चुनावको मुखमा आएर २ वर्षमा समस्या समाधान गर्छु भनेर गफ दिने ? भन्दै प्रश्न गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को महत्वपूर्ण बस्ति पाथिभरामा रहेको बसोवास र व्यवस्थापन नेकपा एमालेको नेतृत्वमा भएको स्मरण गर्दै डा.भट्टराईले चुनावको मुखमा गरिने सस्ता प्रचारबाजी र झुटा आस्वासनमा नअल्मलिन स्थानीयहरुलाई अनुरोध गरेका थिए।
पाथिभराको बस्ति व्यवस्थापनमा नेकपा एमालेको प्रमुख भूमिका रहेको स्पस्ट पार्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका डा. भट्टराईले कुनै भ्रममा नपर्न समेत स्थानीयहरुलाई आग्रह गरेका थिए।
सो बस्ति जस्तै अन्य महत्वपूर्ण मुद्दाहरुमा पनि अन्य समय मौन रहेका गठबन्धनका उम्मेदवारहरुले चुनावको मुखमा अनेकौ गफ दिनुका साथै अनेकौ झुटा प्रतिवदत्ता गर्ने गरेको धेरै वर्ष भएको भन्दै जनताको कामलाई पहिलो प्राथमिकतामा राख्ने नेकपा एमाललाई मत हालेर जिताउन अपिल समेत गरेका थिए।
नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय ,प्रदेस र संघीय सरकार रहेको समयमा काठमाण्डौ क्षेत्र नं ४ को मुहार बदल्ने पूर्वाधार विकास र समृद्धिका अभियान क्षेत्रका जनताले निकै राम्रो संग बुझेको बताउदै डा.भट्टराईले अर्काको काममा फोटो टासेर प्रचार गर्दैमा कसैले नपत्याउने दावी गर्दै त्यस्ता कुराको भण्डाफोर गर्न समेत आग्रह गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) नेकपा एमालेको बलियो किल्ला रहेको स्थानीय चुनावको परिणामले प्रमाणित गरिसकेको भन्दै डा.भट्टराईले यस पटक प्रदेस र प्रतिनिधि सभामा पनि नेकपा एमालेको नेतृत्व हुने धारणा राखेका थिए।
मंगसिर १ गते बिहान ७ बजे “डा.राजन भट्टराई संग प्रातकालीन पदयात्रा (Morning Walk” कार्यक्रम क्षेत्रीय कमिटीको कार्यालय चावहिल गणेश स्थानबाट सुरु गर्ने तयारीमा रहेका डा.भट्टराईले सो पदयात्रामा सहभागी हुनका लागि नेता ,कार्यकर्ता ,समर्थक ,शुभचिन्तक, पेशा व्यवसायी सहित सम्पूर्ण क्षेत्रवासीलाई अनुरोध पनि गरेका छन।