नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले बिशाल आम सभा गर्ने

कपन अनलाइन

काठमाडौँ, कात्तिक ३० ।  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले बिशाल आमसभा गर्ने भएको छ ।    मङ्सिर १ गते अपरान्ह ३ बजे जोरपाटी चोकमा हुने उक्त आमसभा पुर्व गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल बाट १ बजे बाट  र्यालीसमेत गरिने आयोजकले जानकारी गराएको छ ।  उक्त आमसभामा प्रमुख वक्ताको रुपमा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता डा. प्रकाश शरण महत रहेको जानकारी दिदै उक्त सभामा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।