काठमाडौं ३ का जनताको सुख दुःखमा साथ दिने राप्रपा उम्मेदवार अधिवक्ता गणेश गिरीको प्रतिबद्धता
कपन अनलाइन
काठमाडौं,कात्तिक २९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का की उम्मेदवार अधिवक्ता गणेश गिरिले ३ नं क्षेत्रका स्थानीयको सुख–दुःखमा साथ दिने बताएका छन् । क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को घरदैलोका क्रममा उनले सो क्षेत्रको विकास निर्माणका साथै जनताका सुख दुःखमा सदैव साथ दिने प्रतिबद्धता जनाएका हुन ।
पटक-पटक चुनाव जितेर काम नगर्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने उनको धारणा रहेको थियो । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का नबुझ्ने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्नु पर्ने भन्दै राप्रपा निर्वाचित भएमा काठमाडौं क्षेत्र ३ का जनता अभिभावक विहीनको अवस्थामा रहनु नपर्ने बताएका छन प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपालाइ जिताए उक्त ठाउँको भौगोलिक, सामाजिक आवश्यकता अनुसार विकास निर्माण गरि समृद्धि हासिल गर्ने काम गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।
काठमाडौं क्षेत्र नं ३ को समग्र विकासको जिम्मा लिन राप्रपा तयार रहेको बताउदै त्यहाको स्वास्थ्य, शिक्षा र खानेपानी लगायतको समस्या समधानमा प्रतिवद्ध भएर लाग्ने बताएका छन । राजनीति पेशा नभई समाजसेवा भएको बताउने उम्मेदवार गिरिले आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने पनि बताएका छन ।
नेता गिरिले आफूलाई हार र जितको मतलव नभएको भन्दै आगामी ५ वर्ष काठमाडौं-३ का जनताका लागि काम गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन ।प्रतिनिधि सभा उम्मेदवार गिरिले आफूहरुको जित सुनिश्चित भइसकेको दावी गर्दै सनातन हिन्दु धर्म जोगाउनका लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गरेका थिए ।
काठमाडौं क्षेत्र नं ३को गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ को एतिहासिक देशे गाउ लगायतका स्थानमा भएको घरदैलो कार्यक्रम प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहित राप्रपाका क्षेत्रीयस्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो मा पुगेका उम्मेदवारहरुले हलो चिन्हले नै जनता र देशको भलो गर्ने भएकाले हलो चिन्हमा मतदान गर्न मतदातासंग अनुरोध गरिरहेका छन।क्षेत्र नं ३ का बिभिन्न स्थानमा आमसभा समेत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति जनताको आकर्षण बढिरहेको राप्रपाका नेता श्याम श्रेष्ठले कपन अनलाइन लाइ जानकारी गराए ।