काठमाण्डौ क्षेत्र नं ३ मा कृष्ण राईको कसरत : नेकपा एमालेमा प्रवेशको लहर…..

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

काठमाण्डौ क्षेत्र नं ३ का प्रभावशाली माओवादी नेता पेमा छिरिङ शेर्पाबाट शुरु भएको नेकपा एमाले प्रवेसको लहर निरन्तर रहेको छ।

दोश्रो पटक काठमाण्डौ क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राई र प्रदेस सभा सदस्य उम्मेदवार रामेश्वर फुँयालले  कार्तिक २६ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिर पुगेर नेपाली कांग्रेसका अनिल लामा सहितको टोलीलाई नेकपा एमालेमा स्वागत गरेका छन।

त्यस्तै सोहि दिन काठमाण्डौ महानगरपालिका वडा नं ६ मा कमल बहादुर लामाको नेतृत्वमा रास्ट्रीय प्रजातन्त्र पार्टीका २५ जना नेकपा एमालेमा प्रवेस गरेका छन।

घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिएका नेकपा एमालेका उम्मेदवारहरुले अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेस गराउने अभियानलाई पनि प्राथमिकतामा राखेका छन।

केहि समय अगाडी नेकपा एकीकृत समाजवादीबाट मन्दिर तिमल्सिना लगायतका नेताहरु नेकपा एमाले प्रवेस गरेर सक्रिय बने संगै काठमाण्डौ जिल्लामै प्रतिनिधि सभा र प्रदेस सभाका उम्मेदवार सर्वसम्मत चयन गरेर निर्वाचनमा होमिएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ का संयोजक उद्दव भण्डारीले  पार्टी प्रवेसको क्रम जारी रहने बताएका छन।

काठमाण्डौ क्षेत्र नं ३ का विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सघन सम्पर्कमा रहेको जानकारी दिदै भण्डारीले  नेकपा एमालेमा आउने सबैलाई स्वागत गर्न तयार रहेको धारणा राखेका छन।

काठमाण्डौ क्षेत्र नं ३  मा निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ३  का १३  वटा वडाको कुल मतदाता ५८  हजार ८ सय ८९  रहेको छ।

काठमाण्डौ क्षेत्र नं ३  मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ६  मा रहेको छ भने सबै भन्दा कम मत गोकर्णेश्वर  नगरपालिका वडा नं ९  मा रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।