काठमाडौं क्षेत्र नं ३ मा बिभिन्न पार्टी परित्याग गरेका १२० जना नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं क्षेत्र नं ३ मा बिभिन्न पार्टी परित्याग गरेका १२० जना नेपाली कांग्रेसमा प्रवेश

कपन अनलाइन 

काठमाडौँ, कात्तिक २७ ।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ द्वारा आयोजित बुद्धिजीवी संग उम्मेदवार कार्यक्रम सम्पन्न  भएको छ । उक्त कार्यक्रममा कार्यक्रममा नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी  परित्याग गरि १२० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ अन्तरगत, एमालेका संगठित सदस्य गोबिन्द ढुङ्गेलको नेतृत्वमा २२ जना र माओबादी केन्द्र गोकर्णेश्वर नगर कमिटीको उपाध्यक्ष लाक्पा शेर्पा र सदस्य बिजेन्द्र लामाको नेतृत्वमा ९८ जना नेपाली कांग्रेसमा प्रवेस गरेका हुन।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे, काठमाडौं क्षेत्र नं ३ प्रदेश ( १)का उम्मेदवार छिरिंङ दोर्जे लामा,  काठमाडौं क्षेत्र नं ३ प्रदेश (२)का उम्मेदवार बिमल ठकुरी लगायतले टिका खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।

शनिबार  काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध स्थित   कुशल  पार्टी प्यालेसमा डा. सुभाष प्याकुरेलको अध्यक्षतामामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल रहेका थिए भने बिशेष अतिथिको रुपमा  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे, काठमाडौं क्षेत्र नं ३ प्रदेश ( १)का उम्मेदवार छिरिंङ दोर्जे लामा,

काठमाडौं क्षेत्र नं ३ प्रदेश (२)का उम्मेदवार बिमल ठकुरी ,  समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी, नेपाली  कांग्रेस काठमाडौं क्षेत्र नं ३ का कार्यबाहक सभापति श्री राम चालिसे लगायत नेपाली कांग्रेसका बिभिन्न तह का नेता तथा कार्यकर्ता सहित बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन  चुनाव परिचालन तथा प्रचारप्रसार समिति संयोजक हरिबोल भण्डारीले गरेका थिए ।

कार्यक्रमका अध्यक्ष समेत रहेका डा. सुभाष प्याकुरेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए  कार्यक्रममा उम्मेदवारहरुले बुद्धिजिवीहरु को विभिन्न प्रश्न को उत्तर दिएका थिए ।उनीहरुले जनता सङ्ग जोडिएर काम गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले कोही कसैलाई अन्याय भयो भनेर पार्टीलाई अन्याय गर्न नहुने बताएका छन् । उनले जसलाई जति अन्याय भएपनी मंसिर ४ पछि त्यसको हिसाबकिताब गर्ने तर अहिले सबै जुटेर काङ्ग्रेसलाई जिताउने अभियानमा लाग्न सबैसँग आग्रह गरेका  थिए  ।

प्रमुख अतिथि समेत रहेका  डा. रिजालले निर्वाचित भएर संसद गएसी जनताको आवाज बुलन्द उठाउन उम्मेदवारहरुलाइ सचेत गराउदै माइक उपहार दिएका  थिए  ।पुर्व मन्त्री समेत रहेका डा.रिजालले भौतिक संरचनाको विकास, पर्यटन, कृषि, हस्पिटल र शिक्षामा नेपाली काङ्ग्रेसले धेरै काम गरेको भन्दै विकास, समृद्धि र सुशासनमा काङ्ग्रेसले जनताको पक्षमा अझै धेरै गर्न बाँकी रहेको  र त्यो काम नेपाली कांग्रेस नेतृत्वको सरकारले गर्ने पनि बताएका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।