गठबन्धनका उम्मेदवारहरु नआएपछि काठमाण्डौ क्षेत्र नं ४ का वकिलहरुको कार्यक्रम खल्लो बन्यो …..

गठबन्धनका उम्मेदवारहरु नआएपछि काठमाण्डौ क्षेत्र नं ४ का वकिलहरुको कार्यक्रम खल्लो बन्यो …..

कपन अनलाइन

काठमाण्डौ,कार्तिक २६।

पाँच दलीय गठबन्धनका उम्मेदवारहरु नआएपछी काठमाण्डौ क्षेत्र नं ४ का वकिलहरुले आयोजना गरेको खुल्ला बहस कार्यक्रम खल्लो बनेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को नौलिन स्पोर्ट्स भिल्लामा काठमाण्डौ क्षेत्र नं ४ का करिव ४० जना कानुन व्यवसायीहरुले आयोजना गरेको काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरु विच खुल्ला बहस गराउने कार्यक्रममा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापा र प्रदेस सभा सदस्य पदक उम्मेदवार कुसुम कुमार कार्की अनुपस्थित भएपछि कार्यक्रम बिना मूल उदेस्य सकिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य पदका उम्मेदवार जयराम थापा उपस्थित भए पनि समय व्यवस्थापन नभएको भन्दै गठबन्धनका उम्मेदवारहरु नआएकोले कार्यक्रमको मुख्य उदेस्य प्राप्त नभएको आयोजक मध्येकी एक अधिवक्ता  राधिका खतिवडाले बताएकी छन।

काठमाण्डौ क्षेत्र नं ४ र प्रदेस क्षेत्र २ का उम्मेदवारहरुको समय लिएर आयोजना गरेको कार्यक्रममा अन्तिम समयमा गठबन्धनका उम्मेदवार गगन कुमार थापा त् कुसुम कुमार कार्की अनुपस्थित भएको जानकारी दिदै खतिवडाले कार्यक्रममा उपस्थित बुद्दिजीवी तथा विभिन्न पेशागत क्षेत्रमा रहेका व्यक्तित्वहरुले नेकपा एमालेका उम्मेदवारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताएकी छन।

काठमाण्डौ क्षेत्र नं ४ को विकास र योजनाका वारेमा गम्भिर छलफल हुने कार्यक्रममा समय अभावको कारण देखाउदै गठबन्धनका उम्मेदवारहरु अनुपस्थित हुनु दुखद रहेको आयोजकहरुको प्रतिक्रिया रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।