काठमाण्डौ क्षेत्र नं ४ : उम्मेदवारहरु मन्त्रि र प्रधानमन्त्री रोज्ने ,मतदाताहरु स्थानीय मुद्दा खोज्ने

काठमाण्डौ क्षेत्र नं ४ : उम्मेदवारहरु मन्त्रि र प्रधानमन्त्री रोज्ने ,मतदाताहरु स्थानीय मुद्दा खोज्ने

कपन अनलाइन

काठमाण्डौ,कार्तिक २६।

काठमाण्डौ महानगरपालिका वडा नं १ को दरवार मार्ग देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १ को बागद्वार सम्म फैलिएको काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले यस पटक खुलेर कुनै पनि स्थानीय मुद्दा उठाएका छैनन।

मनोनयन दर्तापछि केहि समय र धन क्षेत्रमा भैसकेका कामको जस लिने पश्चगामी प्रहसनमा खर्च गरेका यस क्षेत्रका मुख्य पार्टीका नेताहरुले अहिले सम्म कुनै पनि संजाल वा मंचमा आगामी दिनमा क्षेत्रका जनताको प्रत्यक्ष सरोकार राख्ने कुनै पनि ज्वलन्त मुद्दा उठाएका छैनन।

काठमाण्डौ क्षेत्र नं ४ मा बलियो संगठन र आधार भएका नेपाली कांग्रेस र नेकपा एमालेले जनता माझ बाढेको प्रतिवद्त्ता पत्रहरुमा समेत आगामी दिनमा गर्ने कामको एकिन विवरण प्रस्तुत गरिएको छैन।

काठमाण्डौ क्षेत्र नं ४ ले भोगिरहेका सांस्कृतिक ,भौतिक, प्राकृतिक र वातावरणका समस्याहरु नदेखेका उम्मेदवारहरुले मन्त्रि र प्रधानमन्त्री बन्नका लागि मत माग्ने एजेन्डा उठाउदा यसले क्षेत्रमा नयाँ बहस सुरु भएको छ।

नेपालको राजनीतिका चर्चित पात्रहरु मैदानमा रहेको काठमाण्डौ क्षेत्र नं ४ को शक्ति र सामर्थ्यलाई पहिचान गरेर आगामी योजनाको स्पस्ट खाका आउनु पर्ने समयमा पहिला भएका कामको संक्षिप्त विवरण सहित तुक र तर्क नभएका भावमुखी घोषणा / प्रतिवद्त्ता पत्रले क्षेत्रका जनतालाई निरास बनाएको चर्चा अहिले क्षेत्रको चोक चोकमा चल्ने गरेको छ।

असरल्ल स्थानीय मुद्दाहरु हुँदा हुदै पनि आदिवासी , स्थानीय ,काँठ र आप्रवासीहरुको बसोवास रहेको काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरु रास्ट्रीय मुद्दाहरु उठाउने राजनीतिक दल र हावादारी गफ हाकेर गालीको वर्षा गर्ने स्वतन्त्र उम्मेदवारहरुको राजनीति भविष्य भने मंगसिर ४ गते काठमाण्डौ क्षेत्र नं ४ का जनताले फैसला गर्नेछन।

 

 

तपाइँको प्रतिक्रिया ।