काठमाण्डौ क्षेत्र नं ३ (२ ) : रामेश्वर फुँयालको सपनाले फेरिएका तारेभिर र कागेश्वरी ….

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

२०४६ सालको जन आन्दोलन पछि सरकारी जागिर छोडेर राजनीतिको मैदानमा आएका धेरै नेता मध्ये एक हुन काठमाण्डौ क्षेत्र नं ३ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार रामेश्वर फुँयाल।

काठमाण्डौ जिल्लामा नेकपा एमालेको नेतृत्व गरेका फुँयाल २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्य हुदै बागमती प्रदेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रि बनेका थिए।

साविक आलापोट गाविसको अध्यक्ष हुदै काठमाण्डौ जिल्ला विकास समितीको उपसभापति बनेका फुँयालले देखेको सपनाले  शिवपुरी पर्वत शृंखलाको काखमा रहेका तारेभिर र कागेश्वरीको मुहार फेरिएको स्थानीयहरु बताउछन।

पहिलो तारेभिर महोत्सव आयोजना हुदै गर्दा गाडी छाडेर घ्यु चाकु खाने प्रस्ताव गर्दा धेरै जना हासेको स्मरण गर्ने फुँयालले अहिले सो स्थानमा कालोपत्रे सडक पुर्याएका छन।

गोकर्ण र जोरपाटी तिर कोठा लिएर छोरा छोरी पढाउन बाध्य बनेर राजधानीमै चरम विकटको पिडा खपेका तारेभिरवासीको जीवन स्तर निकै उकासेको चर्चा क्षेत्र नं ३ (२ ) मा व्यापक बनेको छ।

निर्वाचनमा उम्मेदवार बन्नु भन्दा अगाडी आफ्नो निर्वाचन क्षेत्रका चट्टान र पाखाहरुमा रक गार्डेन बनाउने अभियान संचालन गरिरहेका फुँयालको पहलमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा कीर्तिमानी काग समेत निर्माण भएको छ। सम्भवत संसारमै सबैभन्दा ठुलो १९३२ केजीको मागको प्रतिमा स्थापना भएको छ।

नगरपालिकाको नामकरण भएको पावन कागेश्वरी धामको शिरमा स्थापना भएको सो प्रतिमा अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ भने सो स्थान सम्म पुग्ने सडक पूर्वाधारको विकासले शिवपुरी पर्वत शृंखलाखै प्रवर्धनमा योगदान दिएको वडा नं १ का एक पुर्व जनप्रतिनिधि बताउछन।

काठमाण्डौ उपत्यकाको काँठ क्षेत्रको विकासका लागि काँठ चक्रपथको परिकल्पना गरेका फुँयालको सक्रियता र पहलमा दहचोक , तारेभिर,मणिचुड ,कागेश्वरी महोत्सव सहित दर्जनौ अभियानहरु संचालन भएको ति पुर्व जनप्रतिनिधिले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।