काठमाडौं क्षेत्र नं ५ का जनता भन्छन, “ईश्वर पोखरेलका कारण हरेक टोल उज्यालो भएको छ”
कपन अनलाइन
काठमाडौं, कार्तिक २० ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् ।काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त छन्।
२०७४ सालमा काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित भएका पोखरेलको पहल,प्रयास र सहजीकरणमा भएका पूर्वाधार र सामाजिक विकास कामहरुलाई निकै रुचाएका स्थानीयहरुबाट पोखरेलले न्यानो स्वागत पाएका छन।
तिन स्थानीय तहको सांसद बन्ने मौका पाएका पोखरेलको पहलमा क्षेत्र नं ५ का १५ वटै वडालाई प्राथमिकतामा राखेर विकासको बलियो आधार स्थापना भएको स्थानियहरुले प्रतिक्रिया दिएका छन।
काठमाण्डौ महानगरपालिका ,बुढानिलकण्ठ र टोखा नगरपालिकाहरुमा पोखरेलको अभिभाकत्व र पहलमा ठुला विकास पूर्वाधार देखि आधारभूत विकास सम्मका धेरै कम भएको मुद्दालाई क्षेत्रमा नेकपा एमालेले प्रमुख मुद्दा बनाएको छ।
पोखरेलले क्षेत्रमा गरेका काम र जनताहरु संग घटना ,दुर्घटना ,शोक र उत्सवहरुमा समेत निरन्तर र नियमित सम्पर्कमा रहेका नेता भएको बताउदै पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन् ।
‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ’– उनले भने ।पोखरेलको कामबाट आफूहरु सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।