पावन बुढानिलकण्ठ मन्दिरमा अध्यक्ष केपी ओली,नेकपा एमालेका उम्मेदवारहरु पनि संगै ……
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १९।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढानिलकण्ठ नगरपालिकाको नामकरण भएको पावन बुढानिलकण्ठ मन्दिरमा दर्शन गरेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको काठमाण्डौ उपत्यकाको महत्वपूर्ण धार्मिक स्थलमा अध्यक्ष ओली पुग्दा काठमाण्डौ क्षेत्र नं ४ र ५ का एमाले उम्मेदवारहरु पनि संगै पुगेका थिए।
कार्तिक १८ गते हरिबोधनी एकादशी मेला चलिरहेको समयमा बुढानिलकण्ठ मन्दिर पुगेका अध्यक्ष ओलीलाई मन्दिरका महन्त सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए।
निर्वाचनको माहोल तातेको समयमा विभिन्न किम्बदन्ती र प्राचिन इतिहास बोकेको सो मन्दिरमा अध्यक्ष ओली संगै नेकपा एमालेका बरिस्ट उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेल , स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार डा.राजन भट्टराई , काठमाण्डौ क्षेत्र नं ५(२ ) का उम्मेदवार तथा काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला ,काठमाण्डौ क्षेत्र नं ४ (२ ) का उम्मेदवार जयराम थापा संगै नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा पनि उपस्थित रहेका थिए।
उपाध्यक्ष पोखरेलको निर्वाचन क्षेत्र समेत रहेको काठमाण्डौ क्षेत्र नं ५ मा रहेको सो मन्दिरको दर्शन गर्दै अध्यक्ष ओलीले मन्दिर क्षेत्रको अवलोकन गरेर जानकारी समेत लिएका थिए।