गगन कुमार थापा र डा.राजन भट्टराईको एक अर्का माथि हमला सुरु ………
कपन अनलाइन
काठमाडौं , कार्तिक १९।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु गगन कुमार थापा र डा.राजन भट्टराईले एक अर्का प्रति राजनीतिक र मनोबैज्ञानिक हमला सुरु गरेका छन।
असोज २३ गते भएको उम्मेदवारी दर्ताबाट नै राजनीतिक र मनोबैज्ञानिक हमला सुरु गरेका थापा र भट्टराईले घर दैलोको अभियानमा समेत एक अर्कालाई प्रभावित गर्ने रणनीति लिएको संकेत गरेका छन।
विगतमा गरेका कामहरुको वारेमा लाखौ खर्च गरेर “पश्चगामी प्रहसन” देखाएका काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरुले त्यो मुद्दा खासै नचल्ने देखेपछी अहिले घरदैलो र अभियानमा प्रतिस्पर्धालाई तीव्र बनाएका छन।
असोज २३ गते गगन थापाको वडाबाट एमालेका तेजप्रसाद ढकाल र डा. भट्टराईको वडाबाट नेपाली कांग्रेसका श्रीराम लामिछानेलाई उम्मेदवार बनाएर राजनीतिक हमला सुरु गरेका दुई उम्मेदवारले घरदैलो समेत एक अर्काको वडाबाट सुरु गरेका थिए।
कार्तिक १८ गते थापाले वडा नं ७ बाट घरदैलो अभियानमा सुरुवात गरेका थिए भने डा.भट्टराईले वडा नं ३० बाट अभियानको थालनी गरेका थिए।
त्यस्तै कार्तिक १९ गते सनिवार थापा र भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा १० मा घरदैलोमा सहभागी रहेका थिए। काठमाण्डौ क्षेत्र नं ४ र प्रदेस क्षेत्र २ को नतिजामा प्रभाव पार्ने वडा नं १० को मनकामना मन्दिर बाट डा. भट्टराईको घरदैलो सुरु भएको थियो भने बालुवाखानीको हलेसी मन्दिरबाट थापाको घरदैलो सुरु भएको थियो।
एक अर्कालाई व्यक्तिगत रुपमा गरिएका हमला र प्रचारमुखी फन्डाहरुलाई विगतमा जस्तो यस पटक क्षेत्र नं ४ का जनताले नरुचाएपछि राजनीति र मनोबैज्ञानिक हमलामा उत्रिएका क्षेत्रका प्रमुख दलहरुले गोप्य भेटघाट र भोज भतेरलाई भने निकै तीव्रता दिएको श्रोतले जानकारी दिएको छ।