बिगतमा जस्तै यसपटक पनि गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर ४ को भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

बिगतमा जस्तै यसपटक पनि गोकर्णेश्वर  युवा उपकार क्लब गोकर्णेश्वर ४ को भिन्तुना मोटरसाइकल र्‍याली  सम्पन्न

कपन अनलाइन 

काठमाडौं कात्तिक १२ । नेपाल संवत् ११४३ को उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले   भिन्तुना मोटरसाइकल र्‍याली  सम्पन्न गरेको छ।

गोकर्णेश्वर महादेव प्राङ्गण बाट शुरु भएको उक्त भिन्तुना मोटरसाइकल र्‍यालीको गोकर्णेश्वर नगरपालिका प्रमुख  दिपक कुमार रिसालले  रिवन काटी र्‍यालीको शुभारम्भ गरेका थिए । गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारको अध्यक्षता भएको सो  र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुलाई  टिका सहित सगुन वितरण गरिएको थियो  भने र्‍यालीमा सहभागीहरुलाई ठाउ ठाउमा सगुन सहित स्वागत समेत गरिएको थियो ।

र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । र्‍यालीमा सहभागीहरुले गोकर्णेश्वर ३ टोठा, गोकर्णेश्वर ४ नाम्गेल, गोकर्णेश्वर २ नयाँपाटी गोकर्णेश्वर १ सुन्दरीजल परिक्रममा गरि पुन गोकर्णेश्वर ४ को ऐतिहासिक गाउ देशे लाक्षीमा समयबाजी र  टुच्चा कार्यक्रम गरि समापन गरेका थिए ।

समापन सत्रमा बोल्ने वक्ताहरुले  नेपाली सम्बत नेपाल सम्बत रहेको बताउदै शंखधर शाख्वाको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा भिन्तुना मोटरसाइकल र्‍यालीमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले   भिन्तुना मोटरसाइकल र्‍यालीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए। गोकर्णेश्वर युवा उपकार क्लबले प्रत्येक वर्ष भिन्तुना मोटरसाइकल र्‍याली गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।