तिहार सकियो ,छठको तयारी शुरु

तिहार सकियो ,छठको तयारी शुरु

कपन अनलाइन 

काठमाडौँ, कात्तिक १२ ।तिहार सकिएसँगै पशुपति क्षेत्र स्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट लगायत काम शुरु गरेको हो ।पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुहेश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ । छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गरिन्छ । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि  ब्रत समापन हुन्छ । अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन ।यो पर्व  मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ।

तपाइँको प्रतिक्रिया ।