रास्ट्रीय टेलिभिजनमा यज्ञराज सुनुवार र रामहरी खतिवडाको “केटाकेटी” घोचपेच ….

रास्ट्रीय टेलिभिजनमा यज्ञराज सुनुवार र रामहरी खतिवडाको “केटाकेटी” घोचपेच ….

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १०।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु विच रास्ट्रिय टेलिभिजनमा “केटाकेटी” घोचपेच चलेको छ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार र नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहान्छन कार्यक्रमको अन्तर्वार्तामा एक अर्कालाई निकै सस्तो स्तरमा घोचपेच गरेका छन।

दोश्रो पटक चुनावी मैदानमा आमने सामने भएका सुनुवार र खतिवडाले जिल्लामा निर्माणाधीन रहेका केहि सडक ,पुल र योजनाहरुको पहल गरेको भन्दै जस लिने होडबाजी गरे पनि भावी दिनमा जिल्लाको विकास र समृद्धिका वारेमा भने खासै सुनिने र सम्झिन मुद्दा उठाउन दुवै जना उदासिन देखिएका छन।

२०७४ सालको निर्वाचनमा एक अर्काको प्रतिस्पर्धी रहेका दुई नेताले जिल्ला केन्द्रित विषय र मुद्दाहरुका वारेमा निकै कम चर्चा  तर एक अर्काको आचरण र व्यवहारको वारेमा  टिप्पणी देखि टिकट प्रकरण जस्ता विषयमा निकै आक्रामक प्रस्तुति दिएका छन।

नेपाली राजनीतिका दुई प्रभावशाली नेताहरुको प्रतिस्पर्धा रहेको ओखलढुंगा जिल्लाका जिम्मेवार उम्मेदवारहरु विच सो कार्यक्रममा जिल्लाका मुद्दाहरुमा बहस गर्ने विषय मोड्दै रास्ट्रिय राजनीतिमा प्रवेस गरेर समान्य चिया होटलमा हुने गफ जस्तै लाग्ने गरी दिएको प्रस्तुतिका वारेमा जिल्लाको राजनीतिमा चर्चा भैरहेको एक स्थानीय संचारकर्मीले बताएका छन।

आठ स्थानीय तह रहेको ओखलढुंगा जिल्लामा मंगसिर ४ गते हुने निर्वाचनमा प्रदेस सभा क्षेत्र नं १ मा नेकपा एमालेका  अम्बिरबाबु गुरुङ र नेपाली कांग्रेसका  प्रदिप सुनुवार मैदानमा रहेका छन भने प्रदेस क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एमालेका ज्ञान बहादुर खड्का (जीबी ) प्रतिस्पर्धी रहेका छन। फोटो सौजन्य : प्राइम टाइम

तपाइँको प्रतिक्रिया ।