काठमाडौं लगायत आसपासका क्षेत्रमा  भूकम्पको धक्का

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २ ।

काठमाडौं लगायत आसपासका क्षेत्रमा  भूकम्पको धक्का महसुस भएको छ । आज ३ बजेर ७ मिनेट जाँदा अघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोशीबाट १७ किलोमिटरको दुरीमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबाट नेपालसहित भारत र चीनमा समेत धक्का महसुस गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।