ओखलढुंगाका युवाहरु माझ लोकप्रिय बन्दै ज्ञान बहादुर खड्का (जीबी),इतिहास रच्ने अवसरको नजिक

ओखलढुंगाका युवाहरु माझ लोकप्रिय बन्दै ज्ञान बहादुर खड्का (जीबी),इतिहास रच्ने अवसरको नजिक

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं २ मा ज्ञान बहादुर खड्का(जीबी) को उम्मेद्वारी संगै जिल्लाका युवाहरु उत्साहित बनेका छन।

ओखलढुंगा जिल्लाका चार वटा गाउँपालिका रहेको प्रदेस क्षेत्रमा युवा नेतृत्वले अवसर पाउँदा युवा पंक्ति निकै सक्रियता पुर्वक चुनावी अभियानमा सक्रिय बनेको छ।

नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य खड्का ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं २ मा पहिलो पटक नेकपा एमालेलाई विजयी बनाउनका लागि चुनावी मैदानमा उत्रिए संगै विभिन्न युवा समुह र सामाजिक संघ संस्थाहरुले समेत ऐकेवदत्ता जनाएका छन।

लिखु,चम्पादेवी,सुनकोशी र मानेभन्ज्याङ्ग  गाउँपालिकाका ३८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा  स्थानीय तहको निर्वाचनमा  तिन  स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस र एक तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन भने दुई वटा पालिकामा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। यस प्रदेस सभा निर्वाचन क्षेत्रका दुई पालिकाका उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।

ओखलढुंगा जिल्लाको राजनीति संगै विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहेका रास्ट्रीय युवा संघ नेपालका पुर्व केन्द्रीय सदस्य खड्कालाई निर्वाचनमा अभियानको क्रममा जनता माझ पुग्दा निकै न्यानो स्वागत गरिएको जिल्लाका एक युवा नेताले बताएका छन।

२०६४ को संविधान सभा निर्वाचन र २०७४ सालको प्रदेस सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको जितेको यस क्षेत्रमा पहिलो पटक नेकपा एमालेको जित निकाल्दै इतिहास रच्ने अवसर नजिक रहेका खड्काले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।