काठमाडौं क्षेत्र नं ३ मा प्रतिनिधि सभाका उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान,कसले के पाए?

कपन अनलाइन

काठमाडौँ,असोज २७।

काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा  स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रबाट उम्मेदवार भएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि  प्रतिनिधि सभाको लागि स्वतन्त्र उम्मेदवार  कविता बिष्ट सुनारले नरिवल चिन्ह प्राप्त गरेकी छिन भने केदार नाथ मिश्रले क्यामरा चुनाब चिन्ह पाउदा स्वतन्त्र उम्मेदवार जगन्नाथ देबकोटाले खरायो चिन्ह पाएका छन।

 त्यसैगरि स्वतन्त्र उम्मेदवार दिनेश खनालले क्रस खुकुरी पाउँदा अर्का स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले पुतली चुनाब चिन्ह पाएका छन । त्यसैगरि स्वतन्त्र उम्मेदवार राजेश बिष्टले भंगेरा चुनाव चिन्ह पाउदा बिन्दु सुनारले सेलरोटीको चाङ पाएकी छन त्यस्तै गरि अर्का स्वतन्त्र उम्मेदवार श्रीकृष्ण ज्योतीले माछा चुनाब चिन्ह पाएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।