चन्द्रागिरि २ मा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

चन्द्रागिरि २ मा  पहिरो,  एकै परिवारका तीन जनाको  मृत्यु

कपन अनलाइन 

काठमाडौँ, असोज २१।  चन्द्रागिरि नगरपालिकामा वडा नं २ मा  पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ । चन्द्रागिरि २ स्थित मसिने जाने सडक नजिकै रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले  जानकारी दिए ।अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।

वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् ।खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए ।गएराति साढे १ बजेको समयमा पहिरोले एक तले ध्यान केन्द्र पुरिएको थियो यसैबीच प्रहरीले पहिरोमा परि ज्यान गुमाउने सबै तीन जनाको शव संकलन गरेको जानकारी दिएको छ । मृतकहरूको शव पोष्टमर्टनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको बताइएको छ ।

फोटो सौजन्य : थानकोट टाइम्स

 

तपाइँको प्रतिक्रिया ।