काठमाण्डौ क्षेत्र नं ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रतिस्पर्धी को ?
कपन अनलाइन
काठमाण्डौ,असोज २१।
काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट सर्वसम्मत सिफारिस भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल संग कसले प्रतिस्पर्धा गर्ला ? भन्ने प्रश्न अहिले क्षेत्रको राजनीतिमा सर्वाधिक चासोको विषय बनेको छ।
२०७४ सालको निर्वाचनमा पोखरेल संग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका प्रवक्ता समानुपातिक सुचिमा सिफारिस भएपछी नेपाली कांग्रेसका तर्फबाट को उम्मेदवार बन्ने भन्ने स्पस्ट भैसकेको छैन।
सामाजिक अभियन्ता देखि राजनीति र अन्य क्षेत्रका दर्जनौले उम्मेदवारी घोषणा गरेको काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेस पराजुली पनि सर्वसम्मत सिफारिस भएका छन।
प्रवक्ता महत संगै धेरै नेताहरुको नाम प्रतिनिधि सभामा सिफारिस गरेको नेपाली कांग्रेसमा पनि पहिलाको जस्तै केन्द्रबाट उम्मेदवार पठाउने कि स्थानीय नेतालाई नै उठाउने भन्ने छलफल र बहस क्षेत्रमा निकै तीव्र बनेको छ।
काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।
२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५० मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ५ का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।