बाल विकास समाजको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन
काठमाडौं, असोज १३  ।
बालबालिकाको विकास र समृद्धिमा स्थापनाकाल देखि निरन्तर रुपमा काम गर्दै आएको सामाजिक संस्था बाल विकास समाजले ३२ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुवास गौतमको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाले सञ्चालन गरेका परियोजना तथा कार्यक्रमबाट प्राप्त वार्षिक प्रगति प्रतिवेदन संस्थाका महासचिव काजीबाबु पान्डेले प्रस्तुत गरेका थिए भने आर्थिक विवरणको प्रतिवेदन संस्थाकी कोषाध्यक्षले प्रस्तुत गरेकी थिइन ।

संस्थाले हरेक वर्ष समयमै साधारण सभा गर्दै आएको छ । बाल विकास समाजको मुलभूत विशेषतामा समयमा नै नेतृत्व हस्तान्तरण तथा संस्थाबाट लिने हैन संस्थालाई दिने र बालबालिकाको समृद्धिमा कुनै कसुर बाकी नराखी काम गर्ने रहेको कुरा संस्थाका अध्यक्ष सुवास गौतमले बताए । सभामा छलफलका एजेन्डाहरुमा सभाका लागि गणपुरक संख्याका सम्बन्धमा, महासचिवद्वारा संस्थाको वार्षिक प्रगति प्रतिवेदन (आ.व. २०७८/०७९) प्रस्तुत गर्ने, छलफल गर्ने र अनुमोदन गर्ने सम्बन्धमा, कोषाध्यक्षद्वारा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन (आ.व. २०७८/०७९) प्रस्तुत गर्ने, छलफल गर्ने र अनुमोदन गर्ने तथा आ.व. २०७८/०७९ को वैधानिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन गर्ने, आगामी आ.व. २०७९/०८० को कार्ययोजना र आर्थिक योजना सभामा पेश गर्ने सम्बन्धमा आ.व.२०७९/०८० को लागि लेखा परीक्षक नियुक्ती र पारिश्रमिकका दिने, गत साधारण सभा पश्चात् कार्यसमिति र विषयगत समितिले गरेको निर्णय अनुमोदन सम्बन्धमा, बाल विकास समाजको संशोधित विधान र अन्य नीतिनियमहरु पारित गर्ने, साधारण सभाको माइन्यूट लेखन तथा प्रमाणिकरण गर्ने समिति गठन सम्बन्धमासंस्था नविकरणको अख्तियारी सम्बन्धमा रविविध लगायतका विषयमा छलफल गरी निर्णय गरिएको कुरा अध्यक्षले बताए ।

यसैगरी बाल विकास समाजका संस्थापक महासचिव शरद शर्माले संस्थाले गरेका थुप्रै कामहरु अन्य संघसंस्थाका लागि नमूना हुन सक्ने हुनाले संस्थाका कामहरुलाई बाहिर देखाउन आवश्यक रहेको कुरा बताए ।

स्थापना कालमा बालअधिकारको सन्दर्भ र वर्तमानको बालअधिकार सन्दर्भमा तात्विक भिन्नता नरहेपनि बालअधिकारको एजेन्डाले अहिलेको समयमा व्यपकता पाएको कुरा उल्लेख गरेका थिए । संस्थामा सबै आजीवन सदस्यहरुको सल्लाह तथा सुझावलाई मनन गर्दै कार्यसमितिले आगामी बालबालिकाको लागि समृद्धिको खाका तयार गर्न आवश्यक रहेको कुरासमेत संस्थापक महासचिव शर्माले बताए ।

काम गर्ने दौडानमा स्थानीय सरकारसँग नजिक सम्बन्ध बनाएर नतिजामुखी काममा संस्थालाई अझ सशक्त अगाडी बढाइने कुरा संस्थाकी कार्यसमिति सदस्य डा. रिता सिंहले बताएकी थिएन । यसै सन्दर्भमा छात्रवृत्ति अन्तर्गत यस वर्ष एस इ इ पास गर्ने १२ जना विद्यार्थीलाई सम्मान र सामाजिक परीक्षण कार्यक्रम पनि सम्पन्न संस्थाले गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।