बुनपा १५, १६ र १७ मा नगद राहतमा ढिलाई

बुनपा १५, १६ र १७ मा नगद राहतमा ढिलाई

बुनपा-जेठ-२५ /बुढानीलकण्ठ नगरपालिका वडा नं १५, १६ र १७ मा नगद वितरणमा ढिलाई भएको छ । बुनपामा सबैभन्दा बढि भौतिक क्षति भएको स्थानमा नगद राहत वितरण नहुँदा स्थानीय पिडित मर्कामा परेका छन् ।

 

11293571_640973456004842_1992841764_o
चुनिखेल, गाम्चा, कौडोल लगायतका ठाउँ पर्ने यी वडाहरुमा वर्षा नजिकिदै गर्दा समेत सरकारले अस्थाई बसोवास निर्माण गर्न दिने भनेको नगद १५ हजार दिन सकेको छैन । स्थानीय स्तरमा बढेको किचलोका कारण नगद राहतमा ढिलाई भएको छ । त्यहाँका राजनीतिक पार्टी लगायत स्थानीय पिडितहरु पूर्ण रुपमा नष्ट भएका घरहरु सबैलाई नगद राहत वितरण गर्नुपर्छ भन्ने माग उठाईरहेका छन् भने नगरपालिका कार्यालयले घर पूर्ण रुपमा भत्किएका तर बैकल्पिक बासस्थान नभएकाहरुलाई मात्र नगद राहत वितरण गर्नुपर्ने बाध्यकारी भूमिकामा छ ।

11420297_640968096005378_1681125872_o
नगद राहतमा भईरहेको ढिलाईका बारेमा कपनअनलाईनले संयुक्त वडा सचिव नरेन्द्र श्रेष्ठलाई जिज्ञासा राख्दा उनले भने लगत संकलनका काम केहि बाँकी रहेकाले ढिलाई भएको हो । यो हप्ता भित्र हामी पहिलो चरणको सरकारबाट घोषित राहत वितरण गरिसक्छौँ । उनले थप्दै भने सरकारको निर्देशिका बमोजिम नगद राहत वितरण गराउन खोज्दा केहि ढिला भएको हो । शुरुमा सबै पूर्ण रुपमा घर भत्किएकाहरुले राहत पाउनुपर्छ भन्ने माग स्थानीयहरुको थियो तर सरकारको निर्देशिकाले पूर्ण रुपमा घर नष्ट भएका तर बैकल्पिक बासस्थान नभएकाहरुलाई मात्र नगद राहत दिने भनेपछि केहि समस्या आएको थियो । पछि नागरिक वडा मञ्च, स्थानीय पार्टी प्रतिनिधि सबैले राज्यको निर्देशिका भन्दा फरक जान नमिल्ने निष्कर्ष निकालेपछि हामी अब पूर्ण रुपमा घर नष्ट भएका र बैकल्पिक बासस्थान नभएकाहरुलाई मात्र वितरण गर्ने भएका छौँ ।
यसै विषयमा कुराकानी गर्दै नागरिक वडा मञ्च १६ का संयोजक विष्णु बहादुर श्रेष्ठले भने नाम लिष्टमा पठाउन नसकेकाले ढिलाई भएको हो । हामी यो हप्ताभरीमा नगद राहत वितराण गर्ने लक्ष्यमा छौँ । स्थानीयले पूर्ण रुपमा भत्किएका सम्पूर्ण घरको राहत पाउनुपर्छ भन्ने माग गरेका थिए र पछि गृह मन्त्रालयको अन्तिम निर्देशन बमोजिम बैकल्पिक बासस्थान नहुनेलाई मात्र दिने भनिएपछि अहिले हामी त्यसरी नै लागेका छौँ । सरकारले यस्तो खालको निर्देशन गरेपनि हामी भने सबै पिडितलाई दिनुपर्छ भन्ने मान्यता राख्दछौ । यदि सबै पिडितले पाएनन भने निश्चय पनि यहाँ विवाद हुनेछ ।
त्यसैगरि नै कपनअनलाइनसँगै बोल्दै नेपाली काँग्रेश वडा नं १६ का संयोजक महेन्द्र श्रेष्ठले पनि सबै पिडितले न्याय पाउनु पर्ने आशय व्यक्त गरे । नगद राहतमा ढिलाई किन भन्ने प्रश्नमा उनले भने यहाँ बैकल्पिक बासस्थान हुनेलाई मात्र हैन पूर्ण रुपमा घर नष्ट भएका सबैलाई नगद राहत दिनुपर्छ भन्ने जनताको मागका कारण ढिलाई भएको हो । हामी पनि सबै पिडितले राहत पाउनुपर्छ भन्ने पक्षमा छौँ तर सरकारको निर्देशिकाको पनि सम्मान गर्नु पर्ने भएकाले हामी यो हप्ता भित्रै बैकल्पिक बासस्थान नहुनेका लागि नगद राहत वितरण गरिसक्छौँ ।

बुनपा वडानम्बर १५,१६र १७का संयुक्त वडा सचिव नरेन्द्र श्रेष्ठ
बुनपा वडानम्बर १५,१६र १७का संयुक्त वडा सचिव नरेन्द्र श्रेष्ठ

कपनअनलाईनसँगै बोल्दै १७ नं वडा नागरिक मञ्चका संयोजक रामकाजी श्रेष्ठले भने बुनपाले २÷२ पटक विवरण कलेक्शन गर्न लगाएकाले पनि ढिलाई भएको हो । बुनपाले पहिले घर पूर्ण रुपमा नष्ट भएका जति सबैलाई नगद राहत वितरण गर्ने भन्यो र हामीले त्यहि अनुरुप विवरण संकलन ग¥र्यौ । अहिले आएर बैकल्पिक बासस्थान नहुनेलाई मात्र दिने भनेपछि समस्या भएको हो । उनले भने हामी यहाँ क्रियाशिल सबै राजनीतिक पार्टी घर पूर्ण रुपले क्षति भएकालाई राहत दिनुपर्छ भन्ने पक्षमा छौँ । हामीमा कुनै असमझदारी छैन । हाम्रो एक मत छ ।

तपाइँको प्रतिक्रिया ।