लायन्स क्लब अफ काठमाडौं डाँफे र जोरपाटी साकोस द्वारा आयोजित रक्तदान र मधुमेह परिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असोज १० ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं डाँफे र जोरपाटी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार जोरपाटी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभाको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित छिमेकि पार्टी प्यालेसमा भएको उक्त रक्तदान कार्यक्रममा १६ पिन्ट रक्त संकलन भएको र सोहि स्थानमा भएको मधुमेह परिक्षण कार्यक्रममा २५५ जनाले निशुल्क मधुमेह परिक्षण गरेको आयोजकले जानकारी गराएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिएको डेंगु रोग र त्यस बाट सिर्जना भएको रगत अभाबलाइ पूर्ति गर्नको आयोजित रक्तदान कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी भक्तपुर शाखाको प्राबिधिक सहयोग रहेको थियो भने मधुमेह परिक्षण कार्यक्रममा शंकरापुर अस्पतालको प्राबिधिक सहयोग रहेको आयोजकले जानकारी गराएको छ ।
कार्यक्रममा १० लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका डिस्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बालाय क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य लगायतले रक्तदाता हरुलाई प्रसंशा पत्र प्रदान गर्दै उनीहरुको हौसला बढाएका थिए।लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रुपमा रक्तदान लगायतको सामाजिक क्रियाकलाप गर्दै आएको छ।