बुढानिलकण्ठको जगडोलमा तेस्रो सुगम ब्याडमिन्टन प्रतियोगिता वडा अध्यक्ष कप आज बाट शुरु

बुढानिलकण्ठको जगडोलमा तेस्रो सुगम ब्याडमिन्टन प्रतियोगिता वडा अध्यक्ष कप आज बाट शुरु

कपन अनलाइन

काठमाडौँ, असोज ७ । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सुगम वेलफेयर सोसाइटीको आयोजनामा तेस्रो  सुगम ब्याडमिन्टन प्रतियोगिता वडा अध्यक्ष कप आज बाट बाट शुरु भएको छ ।  असोज १४ गते सम्म जगडोल ब्याडमिन्टन चौरमा  चल्ने उक्त  सप्ताहव्यापी प्रतियोगितामा  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ संग  जोडिएका टोलहरुमा संचालनमा रहेका संस्थाहरुको सहभागिता रहेको छ ।   खेल खेलौ स्वस्थ रहौ भन्ने मूल नाराको साथ संचालित प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए ।

 प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को खेलकुद प्रवर्द्धनमा टेवा पुर्याई स्थानीय युवाहरुको  खेलप्रतिको चाहना  तथा स्वस्थ जीवनको लागि शारीरिक ब्यायाम र खेलकुदको महत्व उजागर गर्न पनि प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी गराएको छ  भने बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्य समेत  प्रतियोगिताको रहेको  आयोजकले जानकारी गराएको छ  ।

 प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले नगद पुरस्कार क्रमश १५ हजार, १० हजार र ५ हजार सहित शिल्ड मेडल प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएको छ।आज  भएको उद्घाटन खेलमा  सुगम वेलफेयरका अनिश बहादुर खत्री र  आकाश के सि को टिमले हाम्रो नवपुरका भरत श्रेष्ठ .भरत गुरुङको टिमलाइ  २१-१७, १५-२१ र २१-१४  अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।