इसानका केन्द्रीय अध्यक्ष भिम बहादुर दर्लामी मगरको निधनप्रति गोकर्णेश्वर नगरपालीका द्वारा दुख ब्यक्त

कपन अनलाइन

काठमाडौं, असोज ७ । संस्थागत बिध्यालय संघ इसानका केन्द्रीय अध्यक्ष भिम बहादुर दर्लामी मगरको असामयिक  निधन प्रति गोकर्णेश्वर नगरपालिकाले गहिरो दुख ब्यक्त  गरेको छ ।   गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा,  शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा लगायतले मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छन भने शोक सन्तप्त परिवारजनमा धर्यधारण गर्ने शक्ति मिलोस भनी इश्वर संग प्राथना गर्दै समबेदना समेत प्रकट गरेका  छन  ।

गोकर्णेश्वर नगरपालिकास्तरीय परिक्षा समितिका सदस्य एबम एकता जेम्स इंगलिस एकेडेमी प्लस टु ,एकता जेम्स टेक्निकल फाउन्डेसन नयांबस्ती र युनिक बोर्डिंग स्कुल अर्घाखाँचीका संस्थापक प्रिन्सिपल समेत रहेका भिम बहादुर दर्लामी मगरले   शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका थिए । बिक्रम संवत २०३६ साल पौष २४ गते जन्मिएका दर्लामीको  बुधबार उपचारको क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो ।  केहि समय अगाडी गम्भीर दुर्घटनामा समेत  परेका  थिए । शिक्षासेवी,शैक्षिक क्षेत्रका हस्ती एवम् समाजसेवीका रुपमा चिनिएका दर्लामीका दुइ छोरी र श्रीमती रहेका छन् ।

अत्यन्त मिलनसार, सकारात्मक, उत्प्रेरक र सकृय शिक्षाकर्मी दर्लामीको निधनले नेपालको शिक्षा क्षेत्रमा अपुरनीय क्षति भएको उनका सहकर्मी लगायत शुभिचिन्तकहरुले बताएका छन्।दर्लामीको निधनमा गोकर्णेश्वरका बिभिन्न शैक्षिक संघ संस्थाहरुले शोक ब्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ती निकालेर असोज ७ गते शुक्रबार (आज)  क्षेत्रका  सम्पूर्ण निजी विद्यालयहरु बन्द गर्न आफ्ना सदस्यलाई अपील गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।