बुढानिलकण्ठ -१२ राधाकृष्ण मन्दिर नजिकबाट ब्राउन सुगर सहित एक जना पक्राउ

बुढानिलकण्ठ -१२ राधाकृष्ण मन्दिर नजिकबाट ब्राउन सुगर सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाडौं असोज ५ ।

बुढानिलकण्ठ -१२ राधाकृष्ण मन्दिर नजिकबाट ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन। कपन प्रहरी प्रभागबाट परिचालन भएको टोलीले चेक जाँच गर्दा १ ग्राम ब्राउन सुगर सहित वर्ष ३३ का एक पुरुष पक्राउ परेका हुन।

सो स्थानबाट पक्राउ परेका नवलपरासी सुनौल न.पा. वडा नं.०१ स्थाई घर  बताउने भिम बहादुर कालालाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत बौद्ध पठाईएको कपन प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।