एमाओवादीका नेता तथा कार्यकर्ता अस्थायी निर्माणमा सक्रिय

काठमाडौँ, २५ जेठ । एकीकृत नेकपा (माओवादी)को मजदुर सङ्गठन अखिल नेपाल टे«ड युनियन महासङ्घले काठमाडौँ महानगरपालिका– ८ बौद्धस्थित जनकल्याण उच्चमाविमा अस्थायी टहरा निर्माण गरेको छ ।

महासङ्घका महासचिव गणेश रेग्मीका अनुसार ३०० भन्दा बढी स्वयम्सेवकको टोलीले सो विद्यालयको अस्थायी संरचना निर्माण गरेको छ ।

सो विद्यालय निर्माणका लागि स्थानीय पार्टी तथा सङ्घ संस्थाले बाँस, जस्तापातालगायतका सामग्री उपलब्ध गराएको थियो ।

गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको सो विद्यालय सञ्चालनमा समस्या भएपछि अस्थायी संरचना बनाइएको महासचिव रेग्मीले जानकारी दिए  ।

भूकम्पले भत्काएका भग्नावशेष हटाउने कार्यमा एमाओवादीको काठमाडौँ जिल्ला समितिले धर्मस्थली, फुटुङमा अस्थायी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको काठमाडौँ अध्यक्ष हिमाल शर्माले बताउछन्  ।

यस्तै काठमाडौँ क्षेत्र नं २ को जहरसिंह पौवा, नाङ्लेभारेलगायत विभिन्न क्षेत्रमा महासचिव कृष्णबहादुर महराको नेतृत्वमा अस्थायी संरचना निर्माण गर्ने तथा भग्नावशेष हटाउने कार्य जारी राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।