सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ लाइ नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले गर्यो खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं असोज ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित सुनौलो पाइला संस्थामा रहेका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले संस्थालाई दाल, चामल, तेल लगायतका खाद्य सामग्री प्रदान गरेको हो गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महतको संयोजन भएको उक्त कार्यक्रममा बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष रुप तामाङ लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
सो सामग्री ग्रहण गर्दै संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजले सहयोगको लागि नेपाल बुद्धिष्ट तामाङ सुधार समितिलाइ धन्यवाद ब्यक्त गरेकी छिन । भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १२ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ ।