चम्पादेवीका प्रमुख र उपप्रमुख उम्मेदवारहरुलाई निर्वाचन आयोगको जरिवाना, को को परे ?

कपन अनलाइन

काठमाडौँ, असोज ४ ।

निर्वाचन आयोगले खर्च विवरण नबुझाएको भन्दै ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुलाई जरिवाना तिराउने भएको छ।

निर्वाचन आयोगको वेब साइटमा उल्लेख भए अनुसार चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवार रहेका ४ जना र उपप्रमुखको उम्मेदवार रहेका ४ जना जरिवानामा परेका छन।

निर्वाचन आयोगमा खर्च विवरण नबुझाएर जरिवानामा पर्नेहरुमा गाउँपालिकाका अध्यक्ष नबराज केसी ,नेकपा एमालेका अध्यक्ष उम्मेदवार खड्ग बहादुर कार्की , नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार झलक मान तामाङ र स्वतन्त्र उम्मेदवार खेम प्रसाद मिश्र रहेका छन।

त्यस्तै जरिवानामा पर्ने गाउँपालिकाका  उपाध्यक्षहरुमा नेकपा एमालेकी  दिलमाया राई,नेपाली कांग्रेसकी कुषा पुलामी ,नेकपा माओवादी केन्द्रकी आशा राई र स्वतन्त्र उम्मेदवार फत्त बहादुर बोगटी रहेका छन।

निर्वाचन आयोगले उनीहरुलाई जनही ३ लाख ५० हजार जरिवाना तोकेको छ।

निर्वाचन आयोगले प्रकासन गरेको विवरण :

तपाइँको प्रतिक्रिया ।