नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीलाइ बौद्धनाथ क्षेत्र विकास समितिको बिदाइ

नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीलाइ बौद्धनाथ क्षेत्र विकास समितिको बिदाइ

कपन अनलाइन

काठमाडौं असोज २ ।  नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीलाइ बौद्धनाथ क्षेत्र विकास समितिले बिदाइ गरेको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीलाइ आज  विश्व सम्पदा  सुचिमा सुचिकृत  बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले शान्तिका अग्रदुत भगवान गौतम बुद्दको प्रतिमा मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।

अध्यक्ष लामाले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए ।  बेरीलाई वासिंटनले यसअघि नै नामिबियाका लागि राजदूतका लागि सिफारिस गरिसकेको छ । अब नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् । गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए । बिदाइ कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।