बुढानिलकण्ठ-पानीमुहान सडक : वर्षौ अलपत्र बनेपछि सांसदहरुको सक्रिय पहलले फेरिएको मुहार

बुढानिलकण्ठ-पानीमुहान सडक : वर्षौ अलपत्र बनेपछि सांसदहरुको सक्रिय पहलले फेरिएको मुहार

कपन अनलाइन

काठमाण्डौ ,असोज २ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको बुढानिलकण्ठ-पानीमुहान सडकको अवस्था केहि वर्ष अगाडी सम्म निकै दयनीय रहेको थियो। निर्माण सुरु भएको वर्षौ सम्म अलपत्र रहेको सो सडकको मुहार अहिले फेरिएको छ।

सडकको जिर्ण अवस्थाका कारण विभिन्न दुखदायी घटना र दुर्घटना भोग्न बाध्य बनेका सो क्षेत्रका स्थानीयहरु अहिले निकी खुसि देखिएका छन जसको कारण हाल सडकको सुखद अवस्था।

लामो समय सम्म पहल गर्दा पनि कुनै पहल र प्रयास नहुँदा समस्यालाई आगनमा टुलुटुलु हेर्न बाध्य बनेका स्थानीयहरुको विवसतालाई समाधान गर्नका लागि काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल र प्रदेस सभा सदस्य दीपक निरौलाको पहल अहिले पूर्ण रुपमा सफल बनेको छ।

बुढानिलकण्ठ मन्दिर बाट शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको प्रवेस द्वार जाने सो सडक निर्माण सम्पन्न भए संगै सो क्षेत्रको ब्यापार र पर्यटनमा देखिने गरी सुधार आएको छ भने स्थानीयहरुको जीवन स्तरमा पनि उल्लेखनीय सुधार आएको छ।

ठेकेदारको लापरवाहका कारण वर्षौ सम्म सडक नबने पछि पुर्व उपप्रधानमन्त्री पोखरेल र प्रदेस सभा सदस्य निरौलाले स्थलगत निरीक्षण गरेर पहल गरे संगै ढलान र कालोपत्रे हुन् सुरु गरेको सो सडक अहिले निर्माण सम्पन्न भैसकेको छ।

संघीय सरकार र प्रदेस सरकारको पहलमा निर्माण सम्पन्न भएको सो सडकबाट हजारौ लाभान्वित भएको भन्दै स्थानीयहरुले सकारात्मक पहल गर्ने सांसदहरुलाई धन्यवाद दिएका छन।

कपन अनलाइन सडकको दुरावस्थाका वारेमा स्थलगत रिपोर्टिंगका क्रममा पुग्दा निकै दुख र आक्रोस पोख्ने गरेका स्थानियहरु अहिले निकै खुसि र सन्तुस्ट देखिएका छन।

तपाइँको प्रतिक्रिया ।