भूकम्पबाट निधन भएका खेलाडीको परिवारलाई रु एक लाख सहयोग

भूकम्पबाट निधन भएका खेलाडीको परिवारलाई रु एक लाख सहयोग

काठमाडौँ, २५ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत तेक्वान्दो र करातेका तीन खेलाडीलाई आर्थिक सहयोग गर्ने भएको छ ।
download
भूकम्पबाट निधन भएका कराते खेलाडी शान्ति थापा र तेक्वान्दो खेलाडीद्वय सौरभ अधिकारी र लक्ष्मीमाया घलेको परिवारलाई आर्थिक सहयोगबापत रु एक लाख प्रदान गरिने कोषका अध्यक्ष एवम् राखेपका सदस्य–सचिव युवराज लामाले जानकारी दिनुभयो ।

त्यस्तै भूकम्पकै कारण पूर्णरुपमा घर क्षति भएका विभिन्न विधाका ६२ खेलाडीलाई पनि राहतस्वरुप आर्थिक सहयोग गर्ने कोषका सदस्य–सचिव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घर क्षति भएका ६२ खेलाडीलाई भने जनही रु २० हजार सहयोग गरिने भएको छ ।

कोषले यसअघि भूकम्पका कारण ज्यान गुमाएका ७ खेलाडी, एक खेल पत्रकार र एक भलिबल प्रशिक्षकका परिवारलाई पनि जनही रु एक लाख प्रदान गरेको थियो भने घर पूर्णरुपमा क्षति भएका १४ खेलाडीलाई जनही रु २० हजार आर्थिक सहयोग गरिसकेको छ । रासस

तपाइँको प्रतिक्रिया ।