डेंगु संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन कागेश्वरी मनोहरा नगर प्रमुखको अनुरोध

डेंगु संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन  कागेश्वरी मनोहरा नगर प्रमुखको अनुरोध

कपन अनलाइन

काठमाडौँ, भाद्र २७  । डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सजगता अपनाउन  नगरबासी हरुलाई कागेश्वरी मनोहरा  नगरपालिका प्रमुख  उपेन्द्र कार्कीले   अनुरोध गरेका  छन । कपन अनलाइन संग  संक्षिप्त कुरा गर्दै प्रमुख कार्कीले हाल नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त भएको र उक्त रोग  एडीज  जातको पोथी लामखुट्टेको टोकाई बाट  सर्ने भएको हुँदा संक्रमण बाट बच्न  लामखुट्टेको टोकाई बाट बच्न समेत अनुरोध गरेका छन  ।

एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने  र   लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फलिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्ने गर्छ । तसर्थ यस्ता ठाउँ सफा राख्न नगरबासीहरुलाई  उनले अनुरोध गरेका छन   । त्यसै गरि  बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्न लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न  सकिने बताउदै सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल ढोकामा जाली प्रयोग गर्न पनि उनले अनुरोध गरेका छन  । सबै मिलेर गाउ घर सफा गर्न, पानी जम्मा हुने खाल्डाखुल्डीमा  पुर्न र डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार  गर्न समेत उनले अनुरोध गरेका  छन

 साथै उनले डेंगु रोगको रोकथामका लागि कागेश्वरी मनोहरा नगरपालिका  बाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन पनि अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।