विद्यालय स्तरीय फुटसलको उपाधी माउण्ट ग्लोरीलाई

विद्यालय स्तरीय फुटसलको उपाधी माउण्ट ग्लोरीलाई

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २७।

काठमाडौं खेलकुद समाजको आयोजनामा भएको अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगितको उपाधी माउण्ट ग्लोरी विद्यालयले हात पारेको छ । आइतबार सम्पन्न खेलमा ग्लोरीले काष्ठमण्डपलाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोल अन्तरले पारजित गरेको हो ।

विजेता खेलाडीहरुलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य नानु बास्तोला, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्रि भट्राई , नेपाली काँग्रेस महाधिवेशन प्रतिनधी, मिना पराजुली ,अच्युत पौडेल बुढानिलकण्ठ नगरसभापति राजाराम बुढाथोकी, काँग्रेस क्षेत्रीय कोषाध्यक्ष राम विनोद लामिछाने, सहसचिव जया भण्डारी , क्षेत्रीय सदस्य उषा कालाखेती, कपअन स्पोर्ट्स  सेन्टरका सञ्चालक निरञ्जन खड्का, टेड्र युनियन काँग्रेसका नेता धर्म सागर ढकाल , लुम्विनी प्रदेश प्रतिनिधी घनश्याम ज्ञवाली , युवा नेता माधव त्रिपाठी, स्टारफोर्ड कलेजका प्रतिनिधी किरणजंग कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

तिन  दिन सम्म सञ्चालन भएको प्रतियोगितामा १९ विद्यालयको सहभागीता रहेको थियो । त्यसैगरी छात्रा तर्फको खेलमा वेदव्यास विद्यालयले ले माउण्ट ग्लोरी लाई पराजित गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।