निर्वाचन क्षेत्र रणनितिक सडकको पूर्व प्रधानमन्त्री माधव नेपालले गरे शिलान्यास

निर्वाचन क्षेत्र रणनितिक सडकको पूर्व प्रधानमन्त्री माधव नेपालले गरे शिलान्यास

 

कपन अनलाइन

काठमाडौँ, भाद्र २७। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास  गरेका छन् ।देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २मा यो सडक बन्न लागेको हो ।

२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट शुरु भएको हो। काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटाप सम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ।

सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन। कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन्।सो कार्यक्रममा संबिधानसभा सदस्य दिपक प्रसाद कुँइकेल, बागमती प्रदेशसभा सदस्य माननीय मणिराम फुँयाल,शंखरापुर नगर प्रमुख रमेश नापित,उपप्रमुख समिता श्रेष्ठ शंखरापुर नगरका निवर्तमान प्रमुख सुबर्ण श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम लगायत जन प्रतिनिधि ,विभिन्न राजनितिक दलका प्रतिनिधि तथा  स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता शंखरापुर नगरपालिका वडा नं ८ का अध्यक्ष पोते थिङले गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।