खुलेर विरोध गर्ने भन्दा लुकेर दुस्प्रचार गर्ने संग सचेत बन्नुपर्ने भयो : उद्दव प्रसाद खरेल

खुलेर विरोध गर्ने भन्दा लुकेर दुस्प्रचार गर्ने संग सचेत बन्नुपर्ने भयो : उद्दव प्रसाद खरेल

कपन अनलाइन

काठमाण्डौ,भाद्र २६।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका तर्फबाट उम्मेदवारमा सिफारिस भएका उद्दव प्रसाद खरेलले खुलेर विरोध गर्ने भन्दा लुकेर दुस्प्रचार गर्ने संग सचेत बन्नुपर्ने अवस्था आएको बताएका छन।

मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवारमा सिफारिस भएका नेताहरु तथा अन्य नेता कार्यकर्ताहरु तिर संकेत गर्दै खरेलले आफ्नो सामाजिक संजालमा लेख्दै षडयन्त्र र दुश्प्रचार गर्नेआफू भित्रकाहरु सङ्ग सचेत हुनुपर्ने बताएका हुन।

साविक चपली गाविसका अध्यक्ष तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख रहिसकेका खरेलले निर्वाचनको मिति नजिकिदै गर्दा निकै अर्थपूर्ण सामाग्री फेसबुकमा लेख्दै पछिल्लो समय नेकपा एमाले काठमाण्डौ -४ मा देखिएको आन्तरिक अस्वस्थ प्रतिस्पर्धालाई उदांगो पारिदिएको चर्चा व्यापक बनेको छ।

विभिन्न नारा र अभियानहरु समेत संचालन गर्दै प्रदेस सभाका प्रतिस्पर्धी र उनका सहयोगीहरुबाट निकै पेलिएका खरेलले सामाजिक संजालमा ब्यक्त गरेको विचारले नेकपा एमाले काठमाण्डौ -४ को राजनीति निकै तरंगित बनाएको बताउदै नगर कमिटीका एक पदाधिकारीले नेताहरुले आन्तरिक रुपमा एकले अर्कालाई खूइलाउने प्रवृति प्रत्युपादक बन्न सक्ने चेतावनी समेत दिएका छन।

खरेलले सामाजिक संजालमा राखेको सामाग्री :  

 

तपाइँको प्रतिक्रिया ।