बुढानीलकण्ठ नगरपालिका शिक्षक ,विद्यार्थी तथा विद्यालयहरुलाई सम्मान

बुढानीलकण्ठ नगरपालिका शिक्षक ,विद्यार्थी तथा विद्यालयहरुलाई सम्मान

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  बुढानीलकण्ठ नगरपालिले शिक्षक ,विद्यार्थी तथा विद्यालयहरुलाई सम्मान गरेको छ।

नगरपालिकाको  शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा  वडा नं ३ को  श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमाआयोजना गरिएको कार्यक्रममा  वि.सं. २०७८ सालमा लिइएको एस.ई.ई. र कक्षा ८ को परीक्षामा विद्यालयगत रुपमा उत्कृष्ट जिपिए (GPA) सहित प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

समाजिक विकास समिति संयोजक शान्ता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा  नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा,  र शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह लगायतको उपस्थितिमा प्रमाण पत्र सहित सम्मान गरीएको थियो  ।

सो कार्यक्रममा नगरपालिका भरिमा उत्कृषट ४ जि.पि.ए. ल्याउने रिलायन्स को एड स्कुलबाट सुनिता बम र तारादेवि पाण्डेलाई नगर पुरस्कार सहित सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयबाट SEE परिक्षामा ३.६४ -४ GPA ल्याउने राजेश नेपाली, युवराज थापा र गौरव  भट्टराई समेत सम्मानित भएका थिए ।

उक्त अवसरमा  नगरपालिका भित्र औपचारिक रुपमा अनुमति प्राप्त गरी संचालन भएको २० वर्ष अवधि पूरा गरेका १९ वटा विद्यालय लाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिका अन्तरगतको मुलयाङ्कनका आधारमा यस बर्षको उत्कृष्ठ शिक्षकको पुरस्कार श्री बालकुमारी मा.वि. का प्रधानाध्यापक  ईन्द्र बहादुर राई पदक सहित सम्मानित भएका छन।

तपाइँको प्रतिक्रिया ।