अस्ट्रेलियाबाट काठमाण्डौ-७ मा उम्मेद्वारी घोषणा गरेका युवा किरण केसीलाई नेपालमा न्यानो स्वागत

अस्ट्रेलियाबाट काठमाण्डौ-७ मा उम्मेद्वारी घोषणा गरेका युवा किरण केसीलाई नेपालमा न्यानो स्वागत

कपन अनलाइन
काठमाडौं,  भाद्र २१  ।

अस्ट्रेलियाबाट काठमाण्डौक्षेत्र नं ७ मा उम्मेद्वारी घोषणा गरेका युवा किरण केसीलाई नेपालमा न्यानो स्वागत गरिएको छ। मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेर  नेपाल आएका छन  केसीलाई उनका  समर्थकहरुले एयरपोर्टमा फुलमाला पहिराएर , नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए ।

समर्थकहरु सहित माछापोखरी चो बाट उनको घर सम्म नारा लगाउदै निवास सम्माम जाने क्छारममा पोखरी चोकको धुवाँ धुलो देखाउदै उनले भने  ‘ अस्ट्रेलियामा आरामको जिन्दगि बाचिरहेकै थिए तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो । तर म अब काठमांडू ७ लाइ धुलो मुक्त सहर बनाउछु , धुलोयुक्त हावामा स्वास  फेर्नु एउटा अपराध हो, तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ’ ।

२८ वर्षका इन्जिनियर किरण केसी  बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए । उनले उतै बाट उम्मेद्वारी घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।