चिकित्सक माथि भएको अन्याय ७२ घण्टाभित्र सम्बोधन नभए आन्दोलन गर्ने संघको चेतावनी
कपन अनलाइन
काठमाडौं, भाद्र २१ ।
नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. करण शाहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरी गम्भीर घाईते बनाएको र सो सम्बन्धमा दोषीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाउँदा उल्टै प्रतिशोध साँधेर चिकित्सलाई बाल हिंसा विरुद्धको झुटो मुद्दा लगाईएको भन्दै उक्त मुद्दा फिर्ता लिन चेतावनी दिएको छ ।
संघले चिकित्सक माथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्यहुने चेतावनी दिएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो चेतावनी दिएको हो । संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘यदि चिकित्सक माथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिकगर्न बाध्य हुनेछ । साथै, यसै विज्ञप्ती मार्फत सम्पूर्ण चिकित्सक संघका शाखा कार्यालयहरु, देशभर रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरु, संघसँग आवद्ध भएका विभिन्न विशेषज्ञ समाजहरुलाई तयारी अवस्थामा रहन समेत जानकारी गराईन्छ ।’
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले घट्नाको पृष्ठभूमि सुनाएका थिए । उनले भने,‘यो घट्नाभदौ २ गते विहान ९ बजेको हो । जुम्लामा जुन कर्णाली प्रतिष्ठान छ, कार्यस्थलमा डक्टर र नर्सहरुले काम गरिरहेको अवस्थामा, त्यही प्रतिष्ठानकै एक कर्मचारीले आफ्नो बच्चाको टाँका खोल्न लिएर आउनुहुन्छ । अनि त्यहाँ कार्यरत चिकित्सकले टाँका खोल्ने काम चाहीँ इमर्जेन्सीमा गरिँदैन् । यो ओपिडीमा गरिन्छ भनेर भन्नुहुन्छ । टाँका खोल्ने सामाग्री यहाँ हुँदैन् । १० बजे ओपिडी खुल्छ । अनि गर्नुहोला भनेर भन्दा, ती व्यक्तिले अहिले नै टाँका खोल्नुपर्छ भनेर अपशब्द प्रयोग गर्नुहुन्छ ।त्यहाँ सवालजवाफ भयो । अनि तीव्यक्तिले चिकित्सकलाई दुव्र्यवहाr गर्नुभयो । फेरि एकछिन बाहिर गएर आउनुहुन्छ, अनिखोल भनेर हातपात गरेको छ । भिडिओ पनि छ। लातहान्ने, मुक्का हानेर लडाउने काम गर्नुभयो ।पछि ती डाक्टरलाई भर्ना नै गरिन्छ। घट्ना घटेकै दिन चिकित्सक डिएसपी कार्यालय जाहेरी दिनजाुन भयो, तर जाँदापनि जाहेरी लिएन । गृह मन्त्रालयमा हामीले कुरा गरेपछि, किटानी जाहेरी लिईन्छ । अहिले ती व्यक्तिलाई थुनामा राखिएको छ ।’
अहिले तीचिकित्सकलाई उक्त केश फिर्ता लिनको लागि दबाब दिइएको उनको भनाई छ । उनले भने,‘बीचमा घट्ना फिर्ता लिनको लागिदबाबआएको छ । हामी सम्झौतागर्दैनौं । दोषीमाथिकारबाहीगर्नुपर्छ भनेका छौं ।’
उनले थुनामा रहेका आरोपीका श्रीमतीले चिकित्समाथि बाल हिंसा गरेको भनेर मुद्दा दायर गरेको पनि सुनाए । उनले भने,‘उहाँले डिएसपी कार्यालयमा मुद्दा दायर गर्नुभएको छ, सरकारी वकिलले दबाबदिएर मुद्दा दर्ता भएको छ । अदालतबाटअहिले चिकित्सकलाई नै थुनापुर्जी बाहिर आयो भने भनेर समाचार आएको छ । मधेशका डाक्टर पहाडमा गएर सेवा दिनुभएको छ, तर उहाँ माथि निर्मम तवरले कुटपिट भएको थियो । यसरी कानूनी उपचार खोज्दा उल्टै प्रतिशोधको रुपमा, मुद्दा फिर्ता लिओस भनेर बार्गेनिङको लागि उल्टै चिकित्सक माथि फुटो मुद्दा दायर भएको छ । यसले सम्पूर्ण चिकित्सक र स्वाथ्यकर्मी स्तब्ध भएका छौं ।’
उनले यो देश कानून र विधिले चलेको सुनाउँदै कसैलाई पनि कानूनहातमा लिने अधिकार नभएको बताए । उनले भने,‘नभएको घट्ना बनाएर थुनापुर्जी जारी गरिएको छ, यो फिर्ता लिनुपर्छ । हामी सेतो कोट लगाउनेले अहिले कालो कोटकोझै मुलुकी ऐन पढ्नुपर्ने अवस्था आएको छ ।’ उनले चिकित्सक माथि लगाईएको झुटा मुद्दा फिर्ता लिन चेतावनी दिएका छन् ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताप्रा.डा. गान्धी पण्डितले यो घट्नाले चिकित्सकको सुरक्षा माथिप्रश्न उठेको सुनाए । उनले चिकित्सकमाथि कुटपिट गर्ने माथि कानूनी कारबाही हुनुपर्नेमा जोड दिए ।
उनले चिकित्सक माथि कपोकल्पित रुपमा उल्टै मुद्दा लगाउनु र पक्राउपुर्जी जारी गरिनु न्यायसंगत नभएको टिप्पणी गरे । उनले चिकित्सकले ती बालकलाई कहीँकतै हिंसा गरेको नदेखिएको सुनाए । चिकित्सकलाई अन्य व्यक्ति सरह मुद्दा चलाउन खोज्नु हतोत्साहीगर्न खोजिएको उनको आरोप छ । उनले चिकित्सक माथि लगाईएको झुटा मुद्दा फिर्ता गर्नुपर्ने माग गरे ।
कार्यक्रममा महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।