बुढानिलकण्ठमा मतदाता नामावली प्रकरण : अख्तियारमा नेकपा एमाले बुढानिलकण्ठ

बुढानिलकण्ठमा मतदाता नामावली प्रकरण : अख्तियारमा नेकपा एमाले बुढानिलकण्ठ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०।

बुढानिलकण्ठ नगरपालिकाका ७५५ जना मतदातालाई २४ घण्टा भित्र कागजात सहित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनका लागि पत्र तथा टेलिफोन सम्पर्कबाट निर्देसन दिएपछि नेकपा एमाले बुढानिलकण्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ निवेदन दर्ता गर्दै निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएको छ।

राज्य सत्ताको चरम दुरुपयोग गर्दै २०७९ साल जेष्ठ १७ गते बुढानिलकण्ठ नगर कार्यपालिकामा निर्वाचित सदस्य कै मतदाता नामावली माथि प्रश्न गर्दै निर्वाचन कार्यालयमा २४ घण्टा भित्र आवस्यक कागजात सहित उपस्थित हुनका लागि पत्राचार गरिए संगै आक्रोसित बनेको नेकपा एमालेले नगरवासी जनतालाई त्रसित बन बनाउने कार्यको खण्डन समेत गरेको छ।

अन्तिम नामावली प्रकासन नहुदै निर्वाचन कार्यालयले नगरका जनताहरुको नाम सार्वजनिक गर्ने कार्य भ्रत्सर्ना योग्य रहेको भन्दै नेकपा एमाले बुढानिलकण्ठले सम्पूर्ण मतदाताहरुले मत हाल्न पाउने अधिकार सुनिस्चित हुनुपर्ने माग गरेको छ।

नेकपा एमाले बुढानिलकण्ठको ध्यानाकर्षण पत्र : 

तपाइँको प्रतिक्रिया ।