सिर्जना संवादमा डा. अमर गिरी

सिर्जना संवादमा डा. अमर गिरी

कपन अनलाइन  

काठमाडौँ, भाद्र १९। जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा  काठमाडौंको जोरपाटी स्थित रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)मा    सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवं महासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा सम्पन्न  कार्यक्रम  रामचन्द्र खतिवडाले स्वागत मन्तव्य  राखेका थिए । सिर्जना संवादको पहिलो  कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक डा. अमर गिरीलार्ई प्रस्तुत गरिएको थियो ।

चार दशक अघिदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय  रहेका डा.  गिरीका कविताका चार कृतिका साथै संस्कृतिसम्बन्धी पुस्तक प्रकाशित छन् । डा. गिरी चलचित्र विकास बोर्डका  पूर्व अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष रहिसकेका छन   । उनि  हाल भाषा आयोगका सदस्यका रुपमा कार्य गरिरहेका छन   ।

कार्यक्रममा  डा. अमर गिरीले आफ्ना १२ कविता प्रस्तुत गर्नुको साथै आफ्नो लेखनयात्रा एवं कविता सम्बन्धी दृृष्टिकोण प्रस्तुत गरेका थिए  ।  सो कार्यक्रममा  सहभागीका तर्फबाट दीपसागर पन्त, रघुनाथ कडरिया, विश्वनाथ प्याकुरेल, उद्दव प्याकुरेल, डम्मरु बल्लभ गडतौला, हेमन्त प्रकाश दाहालले जिज्ञासा  राखेका थिए भने   सो जिज्ञासामाथि डा. गिरीले आफ्ना दृष्टिकोण राखेका थिए  । कार्यक्रममा विश्वनाथ प्याकुरेल एवं गोपाल बरालले शुभकामना मन्तव्य  राखेका थिए  । सिर्जनात्मक प्रस्तुतिका साथै अन्तर्क्रियामूलक कार्यक्रममा सहभागीले चाखपूर्वक सहभागिता जनाएका थिए  । कार्यक्रममा करिब  पचास जना जतिको सहभागिता रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।