दीक्षालय स्कुल कपनलाई युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि

दीक्षालय स्कुल कपनलाई  युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १७।
दीक्षालय स्कुल कपनलाई युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि जितेको छ।पुरुषतर्फ १८ वटा र महिलातर्फ ११ वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा  महिलातर्फको  काष्टमण्डप माविलाई १०–२३ को फराकिलो अङ्कले हराउँदै दीक्षालय स्कूल कपन प्रथम बनेको छ । सो प्रतियोगितामा दीक्षालय स्कुलकी पेम्बा शेर्पाले उत्कृष्ट खेलाडी उपाधी हासिल गरेकी छिन् ।

नेपाल बास्केटबल एसोशियसनका सदस्य सचिव नरेन्द्र थापाको प्रमुख आतिथ्यमा समापन भएको कार्यक्रममा विजेताहरूलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

भदौ ९ गते उद्घाटन भएको प्रतियोगितामा उपत्यकाका ३० वटा विद्यालयहरू सहभागी जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।