काठमाडौं क्षेत्र नं ३ (२) मा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसका २८ उम्मेदवार सिफारिस

कपन अनलाइन

काठमाडौँ, भाद्र १६। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (२) ले मंगसिर ४ गते हुने प्रदेश सभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (२) का सभापति बिमल ठकुरीको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ २० जनाको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३  (२) का सभापति बिमल ठकुरीका अनुसार  प्रदेश सभा उम्मेदवारका आकांक्षीहरुको  मनोभावनालाइ कदर गर्दै पार्टीलाई एकतावद्द बनाएर लैजानको लागि आकांक्षी सबैको नाम सिफारिस गरिएको बताए।

सो बैठकले प्रत्यक्ष तर्फ बिमल ठकुरी, मनोज कुमार ढुंगाना गीता सिंखडा,बिनय कुमार पण्डित,उत्तम खनाल, दितिल थापा, कृष्णजी खड्का, र श्रीकृष्ण थापाको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ गोविन्दहरि पुडासैनी, लेखकुमारी पुडासैनी, रमेश अर्याल, राजु सुनार, शान्ती नेपाल, रामराज थापा, माधब खनाल, सुदर्शन सिग्देल,बिक्रम सुनार, डम्बर लामा, संजय लामा, मनहजुर बुढाथोकी, गायत्री दाहाल, हरिशरण ढकाल, मनराज श्रेष्ठ,  राजेन्द्र भण्डारी, सुदर्शन धिमाल, रामजी श्रेष्ठ, रामकृष्ण ढकाल र कृष्ण कुमार चालिसेको नाम सिफारिस गरेको छ ।

तपाइँको प्रतिक्रिया ।