काठमाण्डौ-४ (२ ) मा नेपाली कांग्रेसका चार जना सिफारिस,संघ र समानुपातिकमा को को ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १३।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) ले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि प्रत्यक्ष र प्रदेस सभाका उम्मेदवारहरु सिफारिस गरेको छ।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) समितिको बैठकले प्रत्यक्ष तर्फ ४ जना र समानुपातिक तर्फ २० जनाको नाम सिफारिस गरेको छ। काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभामा महामन्त्री गगन कुमार थापाको नाम सर्वसम्मत सिफारिस गरेको सो बैठकबाट प्रतिनिधि सभाको समानुपातिक तर्फ बागमती प्रदेसका महामन्त्री राजु श्रेष्ठ र डा.आरती कार्कीको नाम सिफारिस गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका न्युछेनारायण श्रेष्ठ , अच्युत पौडेल ,मनोज सिग्देल र शंकर आचार्यको नाम सिफारीस गरिएको हो।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) को कार्यालय बुढानिलकण्ठ-१० मा भएको बैठकले प्रदेस सभा क्षेत्रमा समानुपातिक तर्फ मीना पराजुली , ललिता देवी गुरुङ ,रिता बुढाथोकी र मनदेवी श्रेष्ठको नाम महिला तर्फ सिफारिस गरेको छ।
यसैगरी आदिवासी /जनजाती तर्फ दिव्यमणि राजभण्डारी ,श्यामकृष्ण श्रेष्ठ ,सानुकान्छा श्रेष्ठ ,रामलाल श्रेष्ठ र दीपक गुरुङको नाम सिफारिस गरिएको छ भने खस आर्य तर्फ इन्द्र बहादुर थापा ,साधुराम खड्का , आत्माराम पौडेल ,भोला लामिछाने ,शशी प्रसाद शर्मा ,बृहस्पति चालिसे ,होमनाथ तिमल्सिना, डिल्ली प्रसाद डोटेल र सन्तोष भण्डारीको नाम सिफारिस भएको छ।