Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/08/अस-742x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाण्डौ क्षेत्र नं ५ कांग्रेसमा बबाल,डा.प्रणय शमशेर राणालाई स्पष्टीकरण सोधियो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का युवा नेता तथा प्रदेस सभा सदस्य उम्मेदवारका आकांक्षी डा. प्रणय शमशेर राणा उम्मेद्वारी सिफारिस प्रक्रियामा सहभागी हुन् बाट बन्चित भएका छन। भाद्र १२ गते मंगला देवी भवन टोखामा आयोजना गरिएको छलफलमा सहभागी हुन् बाट बन्चित गरिएको राणाले जारी गरेको अपिलमा उल्लेख गरिएको छ।

भद्र १२ गते २ बजे आयोजना गरिएको छलफलमा पुगेका राणालाई स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकोले कारवाही गरेको मौखिक जानकारी दिएर बैठकमा सहभागी नहुन निर्देशन दिए संगै सो छलफलको माहोल निकै असहज बनेको थियो।

‘तपाईलाई स्वतन्त्रको पार्टीमा गएर स्वतन्त्र उम्मेदवार घोषणा गरेकोले कारवाही भएको छ, चिट्ठी पछि आउँछ’ भनेर  बाहिरिन निर्देशन दिइएको जानकारी दिदै राणाले आफु अतिथि र बिज्ञ सदस्यका रुपमा छलफलमा सहभागी भएको अपिलमा उल्लेख गरेका छन।

भाद्र ११ गते भएको रास्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेलामा उपस्थित भएर उम्मेद्वारी घोषणा गरेको भन्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ ले राणालाई १२ गते नै स्पष्टीकरण समेत सोधेको छ।

स्पष्टीकरण पत्र :

क्षेत्रीय सचिव रजनी थापाले जारी गरेको स्पष्टीकरण पत्रमा नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित ) परिच्छेद ९ को  धारा ३४  अनुसार महाधिवेसन प्रतिनिधिले अन्य पार्टीमा गएर उम्मेद्वारी घोषणा गरेको वारे ७ दिन भित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

यस्तो छ राणाको अपिल : 

ध्यानाकर्षण तथा अपिल सम्बन्धमाः
काठमाण्डौ क्षेत्र न. ५ का सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली कांग्रेसका क्रियाशिल सदस्यज्यूहरु, क्षेत्रिय प्रतिनिधीज्यूहरु, महाधिवेशन प्रतिनिधिज्यूहरु, बिभिन्न तह र जिम्मेवारीमा रहनुभएका नेतृत्वगण एवं पार्टीमा आबद्ध समस्त साथीहरु,
आसन्न मंसिर ४ गते हुने आम निर्वाचन लक्षित नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र न. ५ बाट सम्भावित आकाँक्षी उम्मेद्वार चयन, सिफारिस लगायतका विषयमा क्षेत्रिय कार्यसमितिको जरूरी छलफलमा महाधिवेशन प्रतिनिधीको हैसियतले उपस्थित हुने क्रममा म माथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण गराउन यो अपिल सार्वजनिक गरेको छु ।
मिति २०७९ भाद्र १२ गते दिनको ठिक २ बजे पार्टीको क्षेत्रीय कार्यालय मंगलादेवी भवन टोखामा आयोजना गरिएको छलफलमा सहभागि हुने क्रममा एक्कासी ‘तपाईलाई स्वतन्त्रको पार्टीमा गएर स्वतन्त्र उम्मेदवार घोषणा गरेकोले कारवाही भएको छ, चिट्ठी पछि आउँछ’ भनि मलाई सहभागि हुनबाट जबर्जस्ती बन्चित गरिएको यहाँहरुमा जानकारी गराउन चाहन्छु । म उक्त दिन अतिथि तथा द्धन्द ब्यवस्थापन बिज्ञ वक्ताको रूपमा गएको र ‘स्वन्तन्त्र उम्मेदवारी’ घोषणा नगरेको, बरु केहि समय पहिले नै आफुले पार्टीको तर्फबाट गरेको आकाँक्षी उमेद्वार घोषणाको सन्दर्भ जोडेको बताएपनि सुनुवाई भने भएन् ।
आफुलाई लिखित कारवाही पत्र नपाउँदासम्म आफु छलफलबाट ननिस्कने मेरो अडान रह्यो तर क्षेत्रको शीर्ष नेताको ठाडो आदेश हो भनियो र मैले आफ्नो अडान लिइरहँदा केही क्षेत्रिय र जिल्लास्तरका नेताले ‘घोक्राएर निकाल’ भनि अपमानजनक शब्द प्रयोग गरेपछि स्थिती केहि तनावपूर्ण बनेको थियो । पार्टीको विधि–बिधान तथा पद्धतिप्रति जिम्मेवार र निष्ठावान साथीहरुको अनुरोध तथा सभाको मान राख्दै म त्यहाँबाट बाहिरिएँ ।
तपाईंहरुले निर्वाचित गरेको र पार्टीको बिधानले सुरक्षित गरेको मेरो जिम्मेवारीबाट, मलाई कुनै पूर्व सूचना वा आधिकारिक पत्र बिना नै उम्मेद्वार चयन जस्तो अत्यन्तै महत्वपूर्ण छलफलमा सहभागी हुनबाट जबर्जस्ती बन्चित गरिएको छ ।
लोकतन्त्रको पर्यायवाची, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता, आम जनताको आस्था र भविष्यसँग जोडिएको यस ऐतिहासिक नेपाली कांग्रेस पार्टी नियम, बिधि–बिधान र पद्धतिबाट चलेको र चल्नुपर्छ भन्ने साधारण मान्यता हो । पार्टी पद्धती बिरुद्धको कुनैपनि क्रियाकलापमा म पार्टीको एउटा होनहार सिपाही भएको नाताले र तपाईंहरुले दिनुभएको राजनीतिक जिम्मेवारीलाई बहनगर्दै यस्ता प्रवृति बिरुद्ध निरन्तर संघर्ष गरिरहने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।
एउटा निर्वाचित महाधिवेशन प्रतिनिधीप्रति यस प्रकारको घटना अराजक, गैरजिम्मेवार, गैरराजनीतिक र पार्टीमा आस्थावान समस्त कार्यकर्तामाथिको नांगो प्रहार हो भन्ने मेरो निस्कर्ष हो । तसर्थ, यो संघर्ष मेरो मात्र नभई सम्पूर्ण लोकतन्त्रप्रेमी कांग्रेसीजनको पनि हो । यसमा यहाँहरु सम्पूर्णको साथ सहयोगको अपेक्षा गर्दछु ।
नेपाली कांग्रेसको नियमावली २०७६, परिच्छेद १०(२),च अनुसार म महाधिवेशन प्रतिनिधीलाई कुनै औचित्यपूर्ण स्पष्टिकरण सोध्नुपर्ने भए, प्रदेश अनुशासन समितिले सोध्नुपर्ने व्यबस्था छ । तर क्षेत्रबाट बिधान बिपरित २०७९ भाद्र १२ गते रातको १०ः३१ मा मलाई सामाजिक संजालमार्फत प्राप्त पत्रमा, २०७९ भाद्र १३ गते बिहान ७ बजे भित्र स्पष्टिकरण पठाउन भनियो । स्पष्टीकरणको लागि २४ घण्टा समय पनि नदिनुले यो नियोजित घटना पछाडिको मानसिकता छर्लंग हुन्छ । म यसको पनि घोर भत्सर्ना गर्दछु ।
मैले पार्टीको बिधान, नियम र अनुशासनलाई कहि कतै उल्लङ्घन गरेको छैन् । एक लोकतान्त्रिक पार्टी र त्यसको ईमान्दार कार्यकर्ता भएको हैसियतले म, मेरो र पार्टीको बिचार सम्प्रेषणको लागि अर्को लोकतान्त्रिक पार्टिको निमन्त्रणामा विज्ञ अतिथि वक्ताको रुपमा मन्तब्य व्यक्त गर्दा पार्टिको हित विपरित हुदैन् बरु पार्टीलाई नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाईदा पुग्ने स्पष्ट गर्न चाहन्छु ।
स्नेही,
प्रणय शम्शेर राणा, पी.एच.डी.
नेपाली कांग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी
प्रतिनिधी सभा सदस्य, आकाँक्षी उम्मेद्ववार
काठमाडौं क्षेत्र न. ५
मितिः २०७९ भाद्र १४ गते
तपाइँको प्रतिक्रिया ।