काठमाडौं क्षेत्र नं ३ मा नेकपा एसका तीन जनाको नाम सिफारिस, प्रदेशमा को को ?

कपन अनलाइन

काठमाडौँ, भाद्र १३। नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी काठमाडौं-३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक विमलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इन्चार्ज विश्वनाथ प्याकुरेललाई प्रतिनिधि सभामा सिफारिस गरेको छ ।

 त्यसै गरि बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौ-३ का इन्चार्ज उद्दव खड्कालाइ प्रदेश (ख) र जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर-३ (क) का संयोजक दिलिपकुमार लामालाई प्रदेश (क) का लागि सिफारिस गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँड हुदा कसलाई कहाँ पर्ने भन्ने टुंगो लाग्‍न बाँकी भएपनि अहिले पार्टीभित्रबाट सिफारिस गर्ने प्रक्रिया चाहिँ सुरु गरिएको बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौ-३ का इन्चार्ज उद्दव खड्काले कपन अनलाइनलाइ जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।