काठमाडौ क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा माधव नेपाल सर्वसम्मत सिफारिस

काठमाडौ क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा माधव नेपाल सर्वसम्मत सिफारिस

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

नेकपा ( एकीकृत समाजवादी) ले काठमाडौ क्षेत्र नं  २ प्रतिनिधि सभा सदस्यका लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसम्मत सिफारिस गरेको छ।

शुक्रबार बसेको क्षेत्री कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।अध्यक्ष नेपालको नाम सर्वसहमत रुपमा पठाइएको क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले जानकारी दिएका छन।

शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडा सहित काठमाण्डौ महानगरपालिकाका दुई वडा रहेको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि  नेपाललाई उनकै उपस्थितिमा प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा सिफारिस गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।